दल दर्ता गर्न विप्लवको पार्टीले दियो निवेदन

११ कात्तिक, काठमाडौं । । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको पार्टीले निर्वाचन आयोगमा दल दर्ताको निवेदन दिएको छ । नेताहरूले ‘कम्युनिस्ट पार्टी नेपाल’ नाम राखेर दल दर्ताको निवेदन दिएका छन् ।
दल दर्ताका लागि आयोगको कार्यालयमा नेतारू सन्तोष बुढामगर, प्रवक्ता खड्गबहादुर विश्वकर्मा कर्णजित बुढा लगायतका नेताहरू पुगेका हुन् । विप्लव महासचिव रहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी नेकपा निर्वाचन आयोगमा दर्ता थिएन।



















