Yeti Khabar

२०८१ बैशाख १२, बुधबार - Wed Apr, 2024 -

धनुषामा मिटरब्याजी ठगी आरोपमा एक जना पक्राउ

असार, २७ काठमाडौं । धनुषामा प्रहरीले एक जना मिटरब्याजीलाई ठगी आरोपमा पक्राउ गरेको छ । धनुषाधाम नगरपालिका वडा नम्बर ५ बस्ने ४१ वर्षीय सुरेश यादवले स्थानीय शिवशंकर साहलगायत विभिन्न व्यक्तिलाई वास्तविक ऋणको तुलनामा तेब्बर, चौबरभन्दा बढी जनाएर कपाली तमसुक बनाई मिटर ब्याज असुल गरी घरबारविहीन बनाएको आरोपपछि प्रहरीले अनुसन्धान तथा आवश्यक कारवाहीका लागि यादवलाई पक्राउ गरेको हो ।

प्रहरीको विशेष अनुसन्धान टोलीले असार २२ गते जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ बाट यादवलाई नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक दिपककुमार रायले बताए । साँवा ब्याज लगायतको रकम भुक्तानी गरे पश्चात पनि आरोपितले जग्गा र कपाली तमसुक फिर्ता नगरी ब्याजको ब्याज लिन्छु भन्दै ठगी गरेको जाहेरी परेपछि प्रहरीले उनको खोजतलास गरेको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com