Yeti Khabar

२०८२ बैशाख २५, बिहीबार - Thu May, 2025 -

शौचालयमा लडेर सामान्य घाइते भए प्रचण्ड

बैशाख, २४ काठमाण्डौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते हुनुभएको छ । ललितपुरको आफ्रनै निवास खुमलटारमा उहाँ गएराति सुत्नुअघि शौचालयमा लड्नुभएको थियो । लगत्तै उहाँलाई उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो ।

उहाँको निधार र टाउकोमा सामान्य चोट लागेको छ । उपचारपछि ‘प्रचण्ड’ गएराति नै निवास फर्किनुभएको थियो । प्रचण्ड आज बिहानैदेखि भेटघाटमा व्यस्त रहेको उहाँका स्वकीय सचिव गोविन्द आचार्यले बताएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com