भोजपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

चैत्र, ३१ काठमाडौं । भोजपुर नगरपालिका–५ बोखिमबाट गोबर मल लिएर गइरहेको प्रदेश १–०२–००३ त ११२४ नम्बरको ट्याक्टर नगरपालिका–३ सेतीबगरमा हिजो राति दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा मृत्यु हुनेमा भोजपुर–५ का वडा सदस्य ५२ वर्षीय निरप्रसाद फुयाँल र सोही ठाउँका ५५ वर्षीय भक्तबहादुर थापा रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख युवराज तिम्सिनाले बताए ।