Yeti Khabar

२०८० चैत्र १५, बिहीबार - Thu Mar, 2024 -

काठमाडौं महानगरले लगायो खुलारूपमा आगो बाल्न प्रतिबन्ध

काठमाडौं महानगरपालिकाले खुलारूपमा आगो बाल्ने तथा फोहर जलाउने काममा प्रतिबन्ध लगाएको छ । खुलारूपमा आगो बाल्ने तथा फोहर जलाउने जस्ता कार्यले वायु प्रदूषण वृद्धि हुने तथा जनस्वास्थ्यसमेतमा प्रतिकूल असर गर्ने भएकाले यस्ता कामलाई प्रतिबन्ध लगाइएको महानगरपालिकाले आज जारी गरेको सार्वजनिक सूचनामा जनाइएको छ ।

यस्ता कामले देशको राजधानीसमेत रहेको शहर प्रदूषित बनेको गुनासो आएकाले यस्तो काममा प्रतिबन्ध लगाइएको हो । लामो समयदेखि महानगर क्षेत्रमा आगो बाल्ने तथा फोहर जलाउने गरेको देखिएकाले यस्ता काममा रोक लगाइएको प्रवक्ता नवीन मानन्धरले जानकारी दिए । महानगरपालिका वरपरका नगरपालिकामा पनि खुलारूपमा आगो बाल्ने र फोहर जलाउने गरिएको छ ।

प्रतिबन्धका बावजुद यस्ता काम कहीँकतै कसैले गरेमा महानगरपालिका वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन, २०७७ बमोजिम कारबाही हुने जारी सूचनामा उल्लेख गरिएको छ ।रासस

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com