Yeti Khabar

२०८१ बैशाख १४, शुक्रबार - Fri Apr, 2024 -

राप्रपाका उम्मेदवारको गाडीमा आगजनी

काठमाडौं २३ वैशाख । मोरङको बेलबारीमा राप्रपाबाट मेयर पदका उम्मेदवार रहेका खेमप्रसाद गौतमको गाडीमा आगजनी भएको छ।
प्रहरी उपरीक्षक शान्तिराज कोइरालका अनुसार गौतमले घरमै पार्किङ गरेर राखेको बा १२ च ९३८४ नम्बरको कारमा आगजनी भएको हो।

बेलबारी नगरपालिका वडा नम्बर २ का उनी होटल व्यवसायी पनि हुन्
प्रहरीका अनुसार गए राति २ बजेतिर घटनाको जानकारी आएको थियो। तत्काल घटनास्थल पुगेको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक खगेन्द्र धमला नेतृत्वको टोलीले घटनामा संलग्न भएको आरोपमा एक युवालाई पक्राउ गरेको छ।

पेट्रोल छर्किएर कारको अगाडि र पछाडी लाइटर बालेर आगो लगाएको सिसी क्यामेरा फुटेजमा देखिएको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com