Yeti Khabar

२०८१ मंसिर २०, बिहीबार - Thu Dec, 2024 -

दिल्लीको वायु प्रदूषण नियन्त्रण गर्न चौथो तहको योजना लागू

वायु प्रदूषण झनै घातक अबस्थामा पुगेपछि भारतको सङ्घीय राजधानी दिल्लीमा वायु प्रदूषण नियन्त्रण गर्न कडा प्रतिबन्धसहित चौथो तहको योजना लागू भएको छ ।

यसअघि शुक्रवार तेस्रो तहको योजना लागू गरेकोमा आज बिहान ७ बजेदेखि चौथो तहको योजना लागू भएको बीबीसी हिन्दीले जनाएको छ । आज बिहान दिल्लीमा हावाको गुणस्तर मापन सूचक एक्यूआई नौ सय ३१ रहेर विश्वकै सबैभन्दा धेरै प्रदूषित शहर बनेको छ ।

एक्यूआई तीन सयभन्दा माथि पुग्नुलाई मानव स्वास्थ्यका लागि घातक मानिन्छ । तर दिल्लीमा त्यसको तीन गुणा भन्दा धेरै प्रदूषण भएको हो । प्रदूषण नियन्त्रण गर्ने चौथो तहको योजनाअनुसार दिल्लीमा आजदेखि विद्युतीय र भारत स्टेज स्टयान्डर्ड (बीएस) ६ बाहेकका गाडी चलाउन पूर्ण रुपमा प्रतिबन्ध लागेको छ ।

यस्तै निर्माण कार्य, सार्वजनिक ठाउँमा आगो बाल्ने काम, डिजलबाट चल्ने जेनेरेटरहरू चलाउने लगायतका काममा पनि प्रतिबन्ध लागेको छ । यसअघि तेस्रो योजनामै कक्षा पाँचसम्मका विद्यालयहरु बन्द गरिएका छन् । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com