पलको छ घन्टा पछि बयान सकियो भोली थुनछेक बहस
काठमाडौं २२ चैत । थुनछेक बहसका लागि नवलपुरमा लगिएको अभिनेता पल शाहको बयान सकिएको छ।
तनहुँ हिरासतबाट आज नवलपुर जिल्ला अदालतमा बयानका लागि ल्याइएको नवलपुर जिल्ला अदालतका सूचना अधिकारी लाल बहादुर क्षेत्रीले जानकारी दिएका छन।
उनका अनुसारआज जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले पलको बयान लिएको हो।
आज बयान सकिएसँगै भाली थुनछेक बहस हुनेछ। सुरूमा सरकारी वकिलको तर्फबाट बहस हुने र पछि शाहको तर्फबाट ९ जना वकिलहरूले बहस गर्नेछन्। आज अधिकारीको इजलासले नै बयान लिएका कारण थुनछेक बहस पनि उनैको इजलासले गर्ने क्षेत्रीले जानकारी दिए।
नाबालिग बलात्कार गरेको अभियोगमा नवलपुरमा चैत ३ गते उनीविरूद्ध जबर्जस्ती करणी मुद्दा दायर भएको थियो।