Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

सगरमाथा आरोहणका क्रममा केन्याली नागरिकको मृत्यु

सगरमाथा आरोहणका क्रममा केन्याका ४० वर्षीय नागरिक जोसुआ चेरियटको किरुईको को मृत्यु भएको छ। पर्यटन विभागका अनुसार विनाअक्सिजन सगरमाथा आरोहणको क्रममा ४० वर्षीय जोसुआको मृत्यु भएको हो। बुधबार राति सगरमाथा चुचुरोनजिकै (८,८३० मिटर) उनी मृतावस्थामा भेटिएका थिए। 

मे १८ तारिखका दिन नेपाली गाईड सोलुखुम्बुका ङवाङ शेर्पाका साथ विनाअक्सिजन जोसुआ सगरमाथाको आधार शिविरबाट दोस्रो शिविरतर्फ गएका थिए। उनी २० मे का दिन तेस्रो शिविर पुगेका थिए। २१ मेका दिन चौथो शिविर पुगेका उनीहरू २२ मे (बुधबार) बिहान सगरमाथा चुचुरोतर्फ लागेका थिए।

आरोही र सहयोगी सगरमाथानजिकै पुगे पनि आरोहण गरे-नगरेको यकिन नभएकोसमेत विभागले जनाएको छ। बुधबार दिउँसो ९ बजेसम्म पनि रेडियो सम्पर्कमा नआएपछि सेभेन समिटले चारजना अनुभवी माउन्टेन पथप्रदर्शक क्याम्प २ माथि खोज तथा उद्धारका लागि परिचालन गरेको थियो । सो क्रममा राति साढे १० बजे केन्याका आरोहीको शव भेटिएको थियो । सहयोगी शेर्पाको अवस्था समेत अज्ञात रहेकाले अझै खोजी जारी रहेको विभागले विज्ञप्तिमा उल्लेख गरेको छ। (रासस)

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com