Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

रूसले लडाकु समूह वाग्नरलाई व्यवस्थापन गर्न चुकेको बेलारुसको टिप्पणी

काठमाण्डौ – बेलारुसले लडाकु समूह वाग्नरलाई व्यवस्थापन गर्न रुस चुकेको टिप्पणी गरेको छ ।

बेलारूसका राष्ट्रपति एलेक्जेण्डर लुकाशेन्कोले रुसले सेना र विद्रोह गर्ने भाडाको समूह वाग्नरबीच लामो समयदेखि उत्पन्न तनावलाई गलत तरिकाले व्यवस्थापन गरिएको बताउनुभएको छ ।

आफ्ना रूसी समकक्षी भ्लादिमिर पुटिनलाई झकझकाउने विद्रोह अन्त्यका लागि उहाँले मध्यस्थता गर्नुभएको थियो ।

वाग्नर र रूसी सेनाबीचको विवाद महिनौँसम्म चर्किरहेको थियो र भाडाका सेनाका प्रमुख येभगेनी प्रिगोजिनले असन्तुष्टि जनाउँदै आउनुभएको थियो ।

रूस कमजोर भए पश्चिमा देशले फाइदा लिने पनि बेलारुसका राष्ट्रपति लुकाशेन्कोको भनाइ छ ।

उहाँले आफ्ना सेनालाई पनि उच्च सर्तकता अपनाउन आग्रह गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

युक्रेनमाथि आक्रमण गर्दै आएको रुसमा त्यहाँको निजी सैन्य समूह वाग्नरले सेनामाथि नै विद्रोहको प्रयास गरेको थियो ।

रुसी सेनाले पर्याप्त हतियार नदिएको र आफ्नै भूमिमा आक्रमण गरेको भन्दै वाग्नर समूहले असन्तुष्टि जनाउँदै आएको थियो । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com