Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

सिरहामा कोदालो प्रहार गरी एक जनाको हत्या

जेठ, ३ काठमाडौं । सिरहाको अर्नमा गाउँपालिका– २ ब्रह्मपुरीका ५० वर्षीय बुधराम महतोको कोदालो प्रहार गरी हत्या भएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएको छ ।
आज बिहान खेतमा काम गर्न जाँदा उनकै सँधियारले गर्धनमा कोदालो प्रहार गरी महतोको हत्या गरेको प्रहरीले बताएको छ ।

सँधियारसँग जग्गाका विषयमा भएको विवादका कारण एक्लै भएको मौका छोपी महतोको हत्या गरिएको हुन सक्ने प्रहरीले बताएको छ। प्रहरीका अनुसार महतो हत्यामा संलग्नको पहिचान भइसकेको छ। सिरहा प्रहरी प्रमुख (एसपी) रमेश पण्डितले भने, ‘फरार रहेका आरोपितको खोजी जारी छ ।’

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com