Yeti Khabar

२०८१ श्रावण १२, शनिबार - Sat Jul, 2024 -

नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजु भाइको मृत्यु

जेठ,२ काठमाण्डौ । दाङको बबई नदीमा पौडी खेल्ने क्रममा डुबेर दाजु भाइको मृत्यु भएको छ । बबई गाउँपालिका–७ ओदाले घाटमा पौडी खेल्ने क्रममा १८ वर्षका दीपक परियार र १६ वर्षका दिपेश डुबेका थिए । अस्ति सोमवार भारतबाट फूपूको घर बबई आएका दाजुभाइको हिजो नदीमा डुबेर ज्यान गएको इलाका प्रहरी कार्यालय खिलतपुरका प्रहरी निरीक्षक अजयजङ्ग थापाले जानकारि दिनुभयो ।

दीपकको उपचारका क्रममा प्रादेशिक अस्पताल तुलसीपुरमा र दिपेशको पौडी खेल्नेक्रममै ज्यान गएको प्रहरी निरीक्षक थापाले बताउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com