Yeti Khabar

२०८१ जेष्ठ ६, आईतवार - Sun May, 2024 -

स्वदेश फर्किए उपप्रधानमन्त्री उपेन्द्र यादव 

twitter sharing button

उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादव संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या तथा विकास आयोगको ५७ औं बैठकमा भाग लिएर स्वदेश फर्किएका छन्। उपप्रधानमन्त्री यादव सोमबार राति साढे एक बजे स्वदेश फर्किएकाे जनता समाजवादी पार्टी नेपालका प्रचार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए

राष्ट्रसङ्घको प्रधानकार्यालयमा भएको आयोगको बैठकमा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहँदा उपप्रधानमन्त्री यादवले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेस तथा ७८ औं महासभाका अध्यक्ष डेनिस फ्रान्सिससँग बेग्लाबेग्लै भेटवार्ता गरी सबल र प्रभावकारी संयुक्त राष्ट्रसङ्घ बनाउन नेपालको पूर्ण सहयोग रहने बताएका थिए।

उपप्रधानमन्त्रीले जलवायु परिवर्तन र नेपालजस्ता अति कमविकसित देशले भोग्नुपरेका समस्या र त्यसको असरका बारेमा चर्चा गर्दै दिगो पर्यटन विकास, अन्तर्राष्ट्रिय सहयोग तथा बहुपक्षीयताको महत्त्वका बारेमा विचार व्यक्त गरेका थिए।

आयोगको बैठकमा स्वास्थ्यमन्त्री यादवले नेपालको स्वास्थ्य क्षेत्र, विशेषगरी मातृ तथा प्रजनन स्वास्थ्यमा भएको सुधार, दिगो विकासका लक्ष्य प्राप्ति तथा जलवायु परिवर्तनका असरबारे जानकारी दिँदै स्वास्थ्य क्षेत्रको सुधारका लागि राष्ट्रहरूबीच विश्वास, सद्भाव, ऐक्यबद्धता र सहयोग आदानप्रदान महत्त्वपूर्ण हुने बताएका थिए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com