Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

इजरायली आक्रमणमा ज्यान गुमाएकी महिलाको गर्भबाट जीवित बच्चा निकालियो

गाजाको रफाह शहरमा इजरायली आक्रमणमा मारिएकी एक महिलाको गर्भबाट जीवित बच्चा निकालिएको छ । प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरूले ती महिला साढे सात महिनाको गर्भवती भएको बताएका छन् । चिकित्सकले आकस्मिक प्रसूति सेवामार्फत शिशुको उद्धार गरेका बीबीसीले जनाएको छ ।

एक किलो ४ सय ग्राम तौल रहेको बच्चाको अवस्था स्थिर रहेको र बिस्तारै स्वास्थ्यमा सुधार भइरहेको खबरमा उल्लेख छ । रफाहको अस्पतालमा शिशुको हेरचाह गरिरहेका डाक्टर मोहम्मद सलामाले नवजात शिशुलाई अर्को बच्चासँगै इन्क्युबेटरमा राखिएको बताउनुभयो । उनलाई तीनदेखि चार हप्तासम्म अस्पतालमा राखिनेछ ।

अस्ति आइतवार भएको आक्रमणमा ज्यान गुमाउने महिला सबरीन अल–सकानीसँगै उनका श्रीमान् र ३ वर्षकी छोरीलगायत एकै परिवारमा अरु १३ जना बालबालिकासहित १९ जना मारिएका बीबीसीले जनाएको छ ।  एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com