Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु ६ जना घाईते

काठमाडौं ४ वैशाख । स्याङ्जाको वालिङ तर्फ आउँदै गरेको यात्रुबाहक जीप वालिङ नगरपालिका १२ स्थिति फिरफरे डाडाँखर्कमा दुर्घटना हुदाँ पाँच जनाको ज्यान गएको छ।

ग १ ज ७३९९ नम्बरको जीप दुर्घटना हुदाँ एक बालकसहित पाँच जनाको मृत्यु भएको स्याङजाका एसपी राजीव बस्नेतले जानकारी दिए। डाँडाखर्कबाट वालिङतर्फ आउने क्रममा जीप दुर्घटनामा परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चार जनाको घटनास्थलमै र एक जनाको उपचारको क्रममा मृत्यु भएको हो। मृतकको सनाखत भईसकेको छैन्।

जीपमा ११ जना सवाररत रहेको स्याङजा प्रहरी कार्यालयले जनाएको छ। ६ जना घाईतेलाई पोखरास्थित गण्डकी मेडिकल कलेज उपचारको लागि ल्याइएको छ। जीप सडकबाट करिब दुइ सय मिटर तल खसेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com