Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु

वैशाख, ४ काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान २९ वर्षीय दिनेश परियार रहेकाछन् । उनको उपचारको क्रममा परवानीपुरस्थित एल.एस. न्युरो हस्पिटलमा राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले बताएको छ ।

हिजो राति १० बजेर ४० मिनेटको समयमा परियार चढेको ग १४ प ५९७२ नम्बरको मोटरसाइकललाई सोही दिशातर्फ जाँदै गरेको ना ७ ख ३०२६ नम्बरको ट्याङ्करले जितपुर सिमरा उपमहानगरपालिका–२ सञ्चार नजिक पछाडिबाट ठक्कर दिएको थियो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com