Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

भारतीय नागरिकलाई रुसी सेनामा पठाउने गिरोहका केही व्यक्ति पक्राउ

काठमाण्डौ – भारतको केन्द्रीय जाँच ब्युरो (सीबीआई)ले भारतीय नागरिकलाई रुसी सेनामा पठाउने तस्करहरुको सञ्जालका केही सदस्यलाई पक्राउ गरेको जनाएको छ । १३ वटा कम्पनीमा छापा मार्दा सङ्गठित नेटवर्कका रुपमा काम गरिरहेका केही व्यक्तिलाई पक्राउ गरेको सीबीआईले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

रुसी सेनामा भर्ना भएर युक्रेनमा लडिरहेका कम्तीमा दुई जना भारतीय नागरिकको ज्यान गएको सीबीआईलाई उद्धृत गर्दै बीबीसी हिन्दीले जनाएको छ । रुसी सेनामा भर्ना भएका केही भारतीयले गएको महिना अग्रिम मोर्चामा पठाइनुअघि उनीहरूलाई झुटो बहानामा युद्धको अग्र पङ्क्तिमा पठाएको बताएका छन् ।

तस्करहरुले भारतीय नागरिकलाई राम्रो तलब भएको कामको प्रलोभन देखाउने र रुस पुर्‍याएपछि सेनामा भर्ना गराउने गरेको पाइएको सीबीआईको विज्ञप्तिमा उल्लेख छ । भारतीय विदेश मन्त्रालयले रुसी सेनामा रहेका झण्डै २० जना भारतीय नागरिकलाई फिर्ता ल्याउन पहल भइरहेको बताएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com