Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

बंगलादेशको अति सङ्कटमा परेका एसियाली हात्तीहरूले अदालतको सुरक्षा पाए

काठमाण्डौ – बंगलादेशको गम्भीर खतरामा परेका जङ्गली हात्तीहरूलाई पाल्न प्रतिबन्ध लगाएर उनीहरूलाई शोषणबाट जोगाउन अदालतले आदेश दिएको छ । त्यहाँको उच्च अदालतले हात्ती पाल्ने इजाजतपत्र खारेज गरेसँगै एसियाली युवा हात्तीहरूलाई अब कब्जामा लिन र बन्दी बनाउन नपाइने भएको बीबीसीले जनाएको छ ।

यसअघि हात्तीहरुलाई घरमा पालेर सामान ओसारपसारमा प्रयोग गर्न सकिने इजाजतपत्र जारी भएकामा हात्तीहरुको शोषण बढ्न थालेपछि अदालतले इजाजतपत्र खारेज गरेको हो । पशु अधिकारवादी समूहले अदालतको निर्णयलाई स्वागत गरेका खबरमा उल्लेख छ । बंगलादेशमा मानिसहरुले हात्तीलाई पैसा माग्न र सर्कस वा सडक प्रदर्शनका लागि प्रयोग गर्दै आएका थिए ।

बंगलादेशमा अहिले झण्डै दुई सय वटा हात्तीहरू छन् जसमध्ये आधाजति कैदमा रहेका छन् । बंगलादेश एसियाली हात्तीहरूको लागि प्रमुख बासस्थान भए पनि चोरी शिकारी र बासस्थानको क्षतिले तिनीहरूको सङ्ख्यामा उल्लेखनीय कमी आएको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com