Yeti Khabar

२०८१ बैशाख १५, शनिबार - Sat Apr, 2024 -

मधेस प्रदेशका मुख्यमन्त्रीले विश्वासको मत लिँदै

फागनु,६ काठमाडौं । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आजविश्वासको मत लिने भएका छन्। जनमत पार्टीका दुई मन्त्रीले गत माघ ९ गते राजीनामा दिँदै सरकारलाई दिएको विश्वासको मत पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका छन् ।

विश्वासको मत लिने प्रयोजनका लागि आज दिउँसो २ बजे मधेस प्रदेश सभाको बैठक बोलाइएको छ। मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिनका लागि मधेस प्रदेश सभा सचिवालयलाई गत बिहीबार पत्र पठाएका थिए ।

जसपाका यादव गत पुस २७ गते मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए। मुख्यमन्त्री बनेयता यादवले विश्वासको मत लिन लागेको यो तेस्रो पटक हो।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com