Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

आज पनि माओवादी केन्द्र संसदीय दलको बैठक बस्दै

माघ, २३ काठमाडौं । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)को संसदीय दलको बैठक आज पनि बस्ने भएको छ। बैठक हिजोबाट सुरु भएको हो। बैठकमा हिउँदे अधिवेशनमा पार्टीका सांसदहरूले गर्नुपर्ने तयारी, सरकारबाट जाने विधेयक र सांसदहरूको प्रस्तुतीकाका बारेमा छलफल हुनेछ। बैठकमा सांसदहरूलाई सदनलाई प्रभावकारी बनाउने विषयमा प्रशिक्षण दिइने बताइएको छ।

हिजोको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्षसमेत रहेका पुष्पकमल दाहालले विषयवस्तुहरूको प्रवेश गराउँदै सांसदहरूलाई सरकारले गरेका कामकारबाही जनतासमक्ष पुग्ने हिसाबमा संसद्मा प्रस्तुत हुन निर्देशन दिएका थिए।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com