Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

सन् १९५८ को विश्वकपको फाइनल खेल्ने जीवित एकमात्र खेलाडीको पनि निधन

facebook sharing button

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताको छैटौँ संस्करण सन् १९५८ मा स्वीडेनमा आयोजना भएको थियो । त्यो विश्वकपको फाइनल खेल्ने एकमात्र जीवित खेलाडी कर्ट ह्यामरिनको पनि निधन भएको छ । ह्यामरिनको ८९ वर्षको उमेरमा आइतबार राति निधन भएको समाचारमा जनाइएको छ ।

यद्यपि, उनको निधनको समाचार सोमबार मात्र सार्वजनिक गरिएको हो । स्वीडीस फुटबल महासंघले पनि उह्यामरिनको निधनको समाचारको पुष्टि गरेको छ । महासंघले उनीप्रति श्रृद्धाञ्जली पनि अर्पण गरेको छ । उनको मृत्यूको कारण भने खुलाइएको छैन ।

स्वीडेनका प्रभावशाली खेलाडी ह्यामरिनको निधनसँगै सन् १९५८ को फिफा पुरुष विश्वकपको फाइनल खेल्ने कुनै पनि खेलाडी अब जिवित छैनन् । ब्राजिल र स्वीडेन उक्त विश्वकपको फाइनलमा पुगेका थिए ।

प्रतियोगिताको फाइनलमा दक्षिण अमेरिकी राष्ट्र ब्राजिलले घरेलु टोली स्वीडेनलाई ५–२ गोलले हराएको थियो । ह्यामरिनको जन्म सन् १९३४ को नोभेम्बर १९ मा इटालीको फ्लोरेन्समा भएको थियो । उनी सन् १९५३ देखि सन् १९६५ सम्म स्वीडेनको राष्ट्रिय टोलीका महत्वपूर्ण सदस्य थिए ।

आफ्नो समयका प्रभावशाली विंगर ह्यामरिनले आफ्नो ब्यवसायीक खेलजीवनको अधिकांश समय इटालीमा बिताएका थिए । उनले इटालियन क्लब युभेन्ट्स, फियोरेन्टिना, एसी मिलान र नापोलीबाट लामो समय ब्यवसायीक फुटबल खेलेका थिए ।

‘स्विडिस फुटबलका महान खेलाडी कर्ट ह्यामरिनको निधन भएको छ । उनको निधनको खबरले हामी स्तब्धः भएका छौँ । उनको आत्माले शान्ति पाओस,’ महासंघद्वारा जारी गरिएको शोक वक्तब्यमा भनिएको छ ।

ह्यामरिनले स्वीडेनका लागि ३२ खेल खेल्दै १७ गोल गरेका थिए । सन् १९५८ को विश्वकपको पश्चिम जर्मनीविरुद्धको सेमिफाइनल खेलमा उनले पनि गोल गरेका थिए । त्यो खेलमा पश्चिम जर्मनीलाई ३–१ गोलले हराउँदै स्वीडेन फाइनलमा पुगेको थियो ।

यसअघि सन् १९५८ को विश्वकपको फाइनल खेल्ने ब्राजिलियन खेलाडी मारियो जागाल्लोको ९२ वर्षको उमेरमा निधन भएको थियो । जागाल्लोको निधनपछि उक्त विश्वकपको फाइनल खेल्ने ह्यामरिन एकमात्र जिवित खेलाडी थिए ।

ह्यामरिन ब्यवसायीक फुटबलमा फियोरेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी पनि हुन् । उनी ग्याब्रियल बाटिस्टुटाले फियोरेन्टिनाका लागि समान दुई सय तीन गोल गरेका थिए । उनले नौ वर्ष फियोरेन्टिनाबाट खेलेका थिए । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com