Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

डिआइजी अर्जुन चन्द ठकुरीले दिए राजीनामा

माघ,२१ काठमाडौं । नेपाल प्रहरीका नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाउँदै उनले शुक्रबार राजीनामा दिएका छन् । चन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरी प्रमुखका रूपमा कार्यरत थिए ।

कार्यबोझका कारण परिवारलाई समय दिन नसकेको कारण देखाउँदै उनले राजीनामा दिएको प्रहरी प्रधान कार्यालय स्रोत बताएको छ । पछिल्लो समय विमानस्थल प्रहरीको अध्यागमनलगायत निकायसँग टकराव बढेको थियो । जसमा प्रहरीलाई कारबाही गरेकोमा उनी असन्तुष्ट थिए । तर, काममा गम्भीरता देखाउन नसकेको भन्दै प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले उनको ध्यानाकर्षण गराउँदै आएका थिए ।

०५१ मा इन्स्पेक्टर पदबाट भर्ना भएका चन्दको जागिर अवधि करिब एक वर्ष बाँकी थियो । ‘नितान्त व्यक्तिगत कारणले राजीनामा दिएको हुँ, अरू केही होइन,’ उनले बताए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com