Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

म्यानमारमा सङ्कटकाल ६ महिना थप

म्यानमारमा सङ्कटकाल ६ महिना थपिएको छ । राष्ट्रिय रक्षा र सुरक्षा परिषद्ले आपत्कालीन अवस्थालाई ६ महिना थप गर्ने निर्णय गरेको हो ।

कार्यवाहक राष्ट्रपति यु मिन्ट स्वेले एनडीएससीको बैठकमा आपत्कालीन अवस्था ६ महिना लम्ब्याइएको घोषणा गर्नुभयो । देशको असामान्य परिस्थितिका कारण संविधानको धारा ४ सय २५ बमोजिम म्याद थप गरिएको उहाँको भनाइ छ ।

सन् २०२१ को सत्ता विद्रोहपछि आपत्कालको अवस्था पहिलो पटक घोषणा गरिएको थियो । त्यसबेलादेखि निरन्तर रूपमा लम्बिएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले म्यानमारमा सर्वसाधारण नागरिकको सुरक्षामा चिन्ता व्यक्त गर्नुभएको छ ।

मानवीय सङ्कट निरन्तर बिग्रँदै गएको र म्यानमारका सबै समुदायको सुरक्षा सुनिश्चित गर्नेतर्फ ध्यान दिनुपर्नेमा उहाँको जोड छ ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com