Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

जनवरीमा ७९ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए

काठमाडौँ । सन् २०२४ को पहिलो महिना जनवरीमा ७९ हजार एक सय विदेशी पर्यटक नेपाल भित्रिएका छन् । यो सन् २०२३ को जनवरीको तुलनामा २४ हजार २६ ले बढी हो । गत वर्षको जनवरीमा ५५ हजार ७४ जना विदेशी पर्यटक नेपाल आएका थिए ।

नेपाल पर्यटन बोर्डका अनुसार जनवरीमा ८१ हजार आठ सय ९७ जना बाहिरिएका छन् । जनवरीमा सबैभन्दा बढी भारतीय पर्यटक २४ हजार एक सय ३९ जना नेपाल आएका छन् ।

साथै चिनियाँ पर्यटक सात हजार दुई सय ६७, अमेरिकी पर्यटक सात हजार ४७, थाइल्याण्डबाट चार हजार छ सय १९ जना पर्यटक नेपाल आएका छन् । जनवरीमा दक्षिण कोरियाबाट तीन हजार आठ सय १२, बङ्गलादेशबाट तीन हजार छ सय २९, अष्ट्रेलियाबाट तीन हजार चार सय २१, बेलायतबाट तीन हजार दुई सय ७६, भुटानबाट दुई हजार दुई सय २९ र जापानबाट एक हजार पाँच सय ६८ जना विदेशी पर्यटक नेपाल आएका हुन ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com