Yeti Khabar

२०८१ बैशाख २४, सोमबार - Mon May, 2024 -

माल्दिभ्सको संसदमा सत्तापक्ष र विपक्षी सांसदबीच झडप

messenger sharing button

माल्दिभ्सको संसदमा सत्तापक्ष र विपक्ष सांसदहरूबीच झडप भएको छ। नवगठित मोहम्मद मुइज्जुको सरकारले भारतसँग सम्बन्ध बिगारेको भन्दै तीव्र आलोचना भइरहँदा आइतबारको संसद बैठकमा विपक्षी र सत्तापक्षी सांसदबीच हानाहान भएको हो।

मुइज्जुको सरकारले मन्त्रिपरिषदमा चार सदस्य थप्ने प्रस्ताव गरेपछि विपक्षी सांसदले विरोध जनाएका थिए। विपक्षी सांसदहरूले उक्त प्रस्तावमा विरोध जनाएपछि सत्तापक्षी सांसदहरू आक्रोशित भएका थिए।  त्यसपछि संसदमै सत्तापक्ष पिपुल्स नेशनल कंग्रेस र विपक्षी दल मालदिभियन डेमोक्रेटिक पार्टी (एमडिपी) बीच झडप भएको हो।

आइतबार संसदमा भएको झडपको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ।

झडपकैबीच विपक्षी सांसदहरूले सभामुखको कानमा हर्न बजाएका थिए। त्यतिबेला सभामुख मोहम्मद अस्लामले दुवै कान थुनेका थिए। केही सांसदहरूको टाउकोमा चोट लागेको छ। एकजना सांसदलाई अस्पताल नै लगिएको बिबिसीले उल्लेख गरेको छ। एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com