Yeti Khabar

२०८१ बैशाख १८, मंगलवार - Tue Apr, 2024 -

भारतमा संसारकै ठूलो कार्यालय तथा व्यापारिक भवनको उद्घाटन हुँदै

भारतको गुजरातमा निर्माण भएको संसारकै ठूलो बहुउद्देश्यीय भवनको आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्नुहुने भएकाे छ । 

अमेरिकी सुरक्षा मुख्यालय पेन्टागनभन्दा ठूलो सुरत डायमण्ड बोर्स नामको भवन उद्घाटन समारोहमा विश्वका ७० हजार व्यवसायीहरूलाई निमन्त्रणा गरिएको बीबीसी हिन्दीले जनाएको छ । भवनमा चार हजार सात सयभन्दा बढी कार्यालयहरू रहन सक्नेछन् ।

३५ अर्ब भारतीय रुपैयाँ लागत रहेको भवनको निर्माण सन् २०१५ को फेब्रुअरीमा शुरु भएर २०२२ को अप्रिलमा सम्पन्न भएको हो । भवनमा सुरतको हीरा उद्योगले उत्पादन र व्यापार दुवैको लागि एउटै छानामुनि सबै थोक पाउन सकिने उद्देश्य राखेको बताएको छ ।

सुरतले विश्वको प्राकृतिक हीराको ९२ प्रतिशत उत्पादन गर्छ । भवनको नाम संसारकै ठूलो भनेर गएको अगस्टमा गिनिज वर्ल्ड रेकर्डमा दर्ता भएको थियो । यो भवन ६७ लाख वर्ग फिटमा फैलिएको छ । ६५ हजार मान्छे अट्ने यो भवन कुनै फुटबल रङ्गशाला जस्तै छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com