Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेकाे छ : कतार

कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल थानीले इजरायल र हमासबीच फेरि युद्धविरामका लागि प्रयास भइरहेकाे बताउनु भएकाे छ । 

उहाँले गाजा क्षेत्रमा नयाँ युद्धविराम र हमासको कब्जामा रहेका बन्धकहरूलाई मुक्त गर्न मध्यस्थताको प्रयास जारी रहेको बताउनु भएको हो । तर, लगातारको बमबारीको घटनाले जटिलता  ल्याएको उहाँले बताउनु भएको छ ।

यसअघि  कतारकै प्रयासमा इजरायल र हमासबीच सात दिनको अस्थायी युद्धविराम भएको थियो । गएको अक्टोबरमा प्यालेस्टाइनको विद्रोही समूह हमासले आक्रमण थालेपछि इजरायलले पनि आक्रमण गरिरहेको छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com