Yeti Khabar

२०८१ जेष्ठ १०, बिहीबार - Thu May, 2024 -

शिक्षक आन्दोलनले अघि सारेका माग सम्बोधन गरिनुपर्छ: विश्वप्रकाश शर्मा

असोज,३ काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन हुनुपर्ने बताएका छन्। नेपाल शिक्षक महासंघको आह्वानमा देशभरका शिक्षकहरू आजदेखि विद्यालय बन्द गरेर काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिएका छन्।

सरकारले संघीय संसदमा गर्दा गरेको विद्यालय शिक्षा विधेयकका कतिपय व्यवस्थाको विरोधमा शिक्षकहरू आन्दोलनमा उत्रिएका छन्। ‘शिक्षक आन्दोलनले अघि सारेका न्यायोचित माग सम्बोधन गरिनुपर्छ। संघीय शिक्षा ऐनमार्फत वर्षौंदेखि अल्झिएका समस्याको हल खोज्नैपर्छ,’ महामन्त्री शर्माले भने।

शिक्षकहरूको आवाज सुन्न शर्माले सरकारलाई आग्रह पनि गरेका छन्। ‘हामी लोकतान्त्रिक राज्यप्रणालीमा छौं, एक व्यक्ति मात्रको आवाज पनि सुन्ने कर्तव्य राज्यको हुन्छ भने लोकतान्त्रिक राज्यले लाखौं शिक्षकको आवाज सुन्न र भावना बुझ्न ढिलाइ गर्न हुन्न,’ उनले भने।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com