Yeti Khabar

२०८० चैत्र १६, शुक्रबार - Fri Mar, 2024 -

सुडान युद्धमा ६७६ जना मारिए, युद्धविराम गर्न दुवै सैन्य गुट अनिच्छुक

सुडानको सरकारी सेना र अर्ध सैन्यबल र्‍यापिड सपोर्ट फोर्सबीच एक महिनायता शक्ति संघर्ष जारी छ । सुडानको यस गृहयुद्धमा हालसम्म ६ सय ७६ जनाको मृत्यु भइसकेको छ भने ५ हजार ५७६ घाइते छन् । गत अप्रिल १५ का दिनबाट सुरु भएको गृहयुद्ध आज मे १५ का दिनसम्म जारी रहँदा ९ लाख ३६ हजार विस्थापित भइसकेका छन् ।

त्यहाँका दुई लाख जनता देश छाडेर छिमेकी राष्ट्रमा शरणार्थीको रूपमा जीवन विताइरहेको संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालय ओसीएचएले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ । 

विशेष गरी दुई सैन्य गुटबीच खार्तुम र खार्तुम वरपरका क्षेत्रमा युद्ध चलिरहेको छ । राष्ट्रसंघको प्रतिवदेनअनुसार गृहयुद्धको मौका छोपी दर्जनौँ कारखानाहरू लुटपाट गरिएका छन् साथै ती उत्पादनमूलक क्षेत्रमा आगो लगाइएपछि अहिले सुडानको राजधानी खार्तुमका बासिन्दाहरू कडा खाद्य अभावबाट पीडित छन् ।  

युद्ध जारी रहेको खण्डमा सन् २०२३ मा सुडानका एक तिहाइ जनसंख्यालाई मानवीय सहायताको आवश्यकता पर्ने संयुक्त राष्ट्रसंघको अनुमान छ ।  

सुडानी युद्धरत पक्ष अर्थात् सरकारी सेना र आरएसएफले मे ११ अर्थात् गत बिहिबार एक सम्झौता गरेका थिए । त्यो सम्झौतामा युद्धविराम गर्ने विषय उल्लेख थिएन । अर्थात् उनीहरू अझै लडाइँ जारी राख्न चाहन्छन् ।

सम्बन्धित समाचार

सुडानका नागरिकलाई आपतकालीन मानवीय सहायता पुर्‍याउन र सुरक्षित स्थानान्तरणको व्यवस्था गर्न दुवै सैन्य गुट सहमत भएता पनि उनीहरूले युद्धविराम नगर्ने अडान लिइरहेका छन् । जसकारण त्यहाँ युद्ध रोकिने कुनै संकेत देखिएको छैन ।

घातक द्वन्द्व चर्किएपछि गत महिना नै अमेरिका, बेलायत लगायत दर्जनौँ विदेशी राष्ट्रले त्यहाँबाट आफ्ना कूटनीतिज्ञहरू स्वदेश फिर्ता बोलाइसकेका छन् । 

हाल सुडान रणभूमिमा परिणत हुनुमा त्यहाँकै दुई सैन्य जनरल दोषी छन् । सरकारी सेना सुडानी आर्म्ड फोर्सका प्रमुख अब्देल फतेह अल बुरहान र अर्धसैनिक बल र्‍यापिड सपोर्ट फोर्स आरएसफका प्रमुख मोहम्मद हमदान दगालोबीचको शक्ति संघर्षका कारण यो अवस्था सिर्जना भएको हो ।

एक समय यस्तो थियो, जब उनीहरूले मिलेर नै देश कु गरेर कब्जा गरेका थिए । तर, यतिबेला आफ्नो प्रभुत्वका लागि देश कब्जा गर्न युद्ध गरिरहेका छन् । रोयटर्सको सहयोगमा 

Facebook Comment
Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com