Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

भारतको केरलामा निपा भाइरसका कारण दुई जनाको ज्यान गएपछि चेतावनी जारी

विश्व स्वास्थ्य सङ्गठनका अनुसार निपा भाइरस सङ्क्रमण सुँगुर वा चमेरोबाट मानिसमा सर्ने जुनोटिक रोग हो । यो भाइरस मानिसबाट मानिसमा पनि सर्छ । यो रोगको औषधि र खोप छैन तर मृत्युदर भने उच्च छ । केरलामा सन् २०१८ मा १८ जनामा निपा भाइरस सङ्क्रमण पुष्टि भएकोमा १७ जनाको ज्यान गएको थियो ।

रोग लागे पनि धेरैलाई लक्षण देखिँदैन । कडा खालको लक्षण देखिएकाहरुलाई लक्षण अनुसारको उपचार गर्ने र हेरचाह गर्ने गरिन्छ । भारतका स्वास्थ्यमन्त्री मनसुख मांडवियाले सङ्घीय सरकारले केरला राज्यमा निपा भाइरस प्रकोपको आकलन गर्न र प्रकोप व्यवस्थापन गर्न राज्य सरकारलाई सहयोग पुगोस् भनेर एउटा विज्ञ टोली पठाएको जानकारी दिनुभयो ।   एजेन्सी          

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com