Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

नेम्वाङको पार्थिव शरीर टिचिङ अस्पतालबाट एमाले केन्द्रीय कार्यालय ल्याइँदै

२६ भदौ, काठमाडौं । संविधान सभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीर त्रिवि शिक्षण अस्पतालबाट निकालिएको छ ।

उनको पार्थिव शरीर नेपाली सेनाको टोलीले नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासल ल्याउँदै छ । एमाले केन्द्रीय कार्यालयमा उनीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ ।

नेम्वाङको आज बिहान निधन भएको थियो । गएराति बालुवाटारस्थित निवासमा बेहोस भएका नेम्वाङलाई त्रिवि शिक्षण अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले नेम्वाङलाई राजकीय सम्मानसहित अन्त्येष्टि गर्ने र अन्त्येष्टिको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को निर्णयपछि नेम्वाङको शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले लिएको छ । संविधान सभा अध्यक्ष नेम्वाङका छोराहरु विदेशमा भएकाले उनीहरु फर्किएपछि अन्त्येष्टिको दिन निश्चित हुने छ । यद्यपि २८ गते मुन्धुम सँस्कृतिअनुसार अन्त्येष्टि गर्ने तयारी छ । उनको अन्त्येष्टि जहिले गरिन्छ, त्यही दिन सार्वजनिक बिदा हुने छ ।अनलाइन खबर

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com