Yeti Khabar

२०८१ बैशाख २२, शनिबार - Sat May, 2024 -

इजरायल–गाजा युद्धमा अहिलेसम्म ३२ हजारभन्दा बढी प्यालेस्टिनीको ज्यान गयो

गाजा क्षेत्रमा जारी युद्धमा इजरायली आक्रमणबाट अहिलेसम्म ३२ हजार दुई सय २६ जना प्यालेस्टिनीको ज्यान गएको छ । पछिल्लो २४ घण्टामा इजरायली सेनाबाट ८४ प्यालेस्टिनी मारिएको र अन्य एक सय चार जना घाइते भएका छन् । योसँगै ज्यान गुमाउनेको सङ्ख्या ३२ हजार दुई सय २६ पुगेको र ७४ हजार पाँच सय १८ जना घाइते भएका हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्थानीय घाइते र प्रत्यक्षदर्शीहरूका अनुसार इजरायली सेनाले पछिल्लो २४ घन्टामा गाजा क्षेत्रका विभिन्न क्षेत्रमा हवाई र जमिन आक्रमण गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाले जनाएको छ । गाजामा भूमिगत अपरेशनमा मर्ने इजरायली सैनिकको सङ्ख्या दुई सय ५१ पुगेको खबरमा उल्लेख छ । एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com