Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

बागमती प्रदेशसभाको बैठक बस्दै

बागमती प्रदेशसभाको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ।

बैठकमा बागमती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिं लामाले आर्थिक वर्ष २०८०/८१ का लागि राजस्व र व्ययको सर्वेक्षण प्रस्ताव टेबुल गर्नेछन्।

उक्त बैठकमा सो सर्वेक्षणमाथि प्रदेशसभा सदस्यले छलफलमा सहभागी भइ आ–आफ्नो धारणा राख्ने प्रदेशसभा सचिवालयका सचिव कृष्णहरि खड्काले जानकारी दिए।

आगामी असार १ गते बस्ने प्रदेशसभाको बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री लामाले आव २०८०/८१ का लागि बजेट प्रस्तुत गर्ने प्रदेशसभा सचिवालयले जनाएको छ।रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com