Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

फ्रान्सको चर्चित आइफिल टावरमा बम विस्फाेटको चेतावनीपछि दुई घण्टा सेवा बन्द

फ्रान्सको चर्चित आइफिल टावरमा विस्फोटक पदार्थ राखेको चेतावनीपछि खाली गर्नुपरेको छ । चेतावनीपछि आइफिल टावरमा दुई घण्टा सेवा बन्द भएको हो । टावरको सबै क्षेत्रमा परीक्षण गरेपछि आवागमन खोलिएको थियो ।

सेवा खोले पनि त्यहाँ प्रहरी बललाई तैनाथ गरी अवलोकन गर्ने वातावरण बनाइएको छ । चेतावनी दिने समूहबारे थप अनुसन्धान भइरहेको छ । आइफिल राजधानी सहर पेरिसमा रहेको ऐतिहासिक टावर हो । यो टावर हेर्न बर्सेनि लाखौँ पर्यटक आउने गर्छन् ।

यसअघि सन् २०२० को सेप्टेम्बरमा पनि प्रहरीलाई बेनामी फोनबाट टावरमा खतरा रहेको चेतावनी दिएपछि खाली गराइएको थियो ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com