Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

टेलिकमको २० हजार थान रिचार्ज कार्ड हरायो

साउन,२४ काठमाडौं । सरकारी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमका २० हजार रिचार्ज कार्ड हराएका छन्। नेपाल टेलिकमले एक सूचना जारी गर्दै रिचार्ज कार्ड हराएको बताएको छ ।

टेलिकमले जारी गरेको सूचनाअनुसार ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड हराएका हुन्। हराएका कूल कार्ड करिब १० रुपैयाँ बराबरका रहेका जनाइएको छ।
नेपाल टेलिकमको वायरलेस सेवा निर्देशनालयले जारी गरेको सूचनामा ढुवानीका क्रममा सिरियल नम्बर ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मका हराएको जनाइएको छ। नेपाल टेलिकमले उक्त सिरियल नम्बरका कार्डहरु भेटिएमा प्रयोग नगर्न समेत अनुरोध गरेको छ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com