Yeti Khabar

२०८१ जेष्ठ १०, बिहीबार - Thu May, 2024 -

तारकेश्वरमा पहिरोले घर पुरिँदा बाबु-छोरीको मृत्यु

साउन,२१ काठमाडौँ । काठमाडौँको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु – छोरीको मृत्यु भएको छ। प्रहरी वृत्त बालाजुका डीएसपी मनोजित कुँवरका अनुसार तारकेश्वर नगरपालिका–५ चो गाउँमा हिजो राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको मृत्यु भएको हो।

उनका अनुसार हिजो राति करिब ९ बजे माथिबाट खसेको पहिरोले ४१ वर्षीय गणेश तामाङ र उनकी १५ वर्षीया छोरी आसमा तामाङको मृत्यु भएको छ । सो घटनामा परी आमा सञ्जु तामाङ भने घाइते भएकी छिन् ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com