Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

एकीकृत समाजवादीको सचिवालय बैठक जारी

नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ। 

कीर्तिपुरको चम्पादेवीस्थित पुष्पलाल स्मृति प्रतिष्ठानमा केहीबेरअघ सुरु भएकोबैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपालले सदस्यहरुले राखेका जिज्ञासाको जवाफ दिने  तथा वर्तमान परिस्थिति र हाम्रो कार्यभारको एजेण्डामा विचार राख्ने उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए।

बैठकमा सङ्गठन सुदृढीकरण विशेष अभियानको जानकारी, वर्तमान परिस्थिति र हाम्रा कार्यभार, आगामी कामको विस्तृत योजना, कार्यविभाजन, कमिटीमा समायोजन तथा थपघट, जनसङ्गठन युवा र विद्यार्थी, विभागको कामको व्यवस्थापन, सरकार र संसद्लाई कसरी प्रभावकारी बनाउने, कमिटीमा वरियताको विषय, महाधिवेसनको व्यवस्था, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय कमिटीका बैठकका एजेण्डामा छलफल हुने उनले बताए। रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com