Yeti Khabar

२०८१ बैशाख ७, शुक्रबार - Fri Apr, 2024 -

बारा क्षेत्र नम्बर २ मा साढे २ बजेसम्म ४५ प्रतिशत मत खस्यो

बैशाख,१० काठमाडौं । बारा क्षेत्र नम्बर २ मा अहिलेसम्म ४५ प्रतिशत मत खसेको छ । आज भइरहेको उपचुनावअन्तर्गत मतदानमा दिउँसो साढे २ बजेसम्म ४५ प्रतिशतसम्म मत खसेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताउनु भयो ।

कडा सुरक्षाका बीच शान्तिपूर्ण रूपमा मतदान भइरहेको उहाँले बताउनु भयो । यसैबीच उपचुनावको मतगणना कलैया उपमहानगरपालिका वडा नम्बर ३ को शैक्षिक तालिम केन्द्रमा गरिने भएको छ ।

मतगणना गर्ने कोठामा तारजाली लगाइनुका साथै सीसीटीभी जडान गरिएको प्रमुख जिल्ला अधिकारी सापकोटाले जानकारी गराउनुभयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com