Yeti Khabar

२०८१ बैशाख ५, बुधबार - Wed Apr, 2024 -

नीति तथा कार्यक्रम २०७९/८० संसदबाट पारित

जेठ, १४ काठमाडौं । सरकारले पेस गरेको नीति तथा कार्यक्रम २०७९/८० संसदबाट पारित भएको छ।
आज बसेको प्रतिनिधि सभा बैठकले कार्यक्रम पारित गरेको हो। सभामुख अग्निप्रसाद सापकोटाले कार्यक्रम बहुमतले पारित गरेको घोषणा गरेका हुन्।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सासंदहरूले उठाएका प्रश्नहरूको जवाफ दिएका थिए। नीति तथा कार्यक्रममाथि केही सासंदहरूले संशोधन गर्ने प्रस्ताव राखेका थिए। सासंदहरूले ती प्रस्ताव फिर्ता लिएनन्।

तर ती प्रस्तावहरू अस्वीकृत भएका थिए।

यस्तै, जेठ १५ गते संसदको दुबै सदनमा अपरान्ह ४ बजे बजेट पेस हुँदैछ। उक्त बैठकका लागि सांसदहरू ३:४५ बजे नै उपस्थित हुन सभामुखले अनुरोध गरेका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com