Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

थाईल्याण्डका प्रधानमन्त्री चान–ओ–चालद्वारा राजनीतिक जीवनबाट सन्यासकाे घोषणा

काठमाण्डौ – थाईल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्यासको घोषणा गर्नुभएको छ ।

यद्यपि उहाँले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताउनुभएको छ ।

युनाइटेड थाई नेसन (यूटीएन) दलको आधिकारिक फेसबुक पेजमार्फत उहाँले एक विज्ञप्ति निकालेर अब यूटीएनको सदस्यबाट राजीनामा दिएर राजनीतिक जीवन त्याग गरेको घोषणा गर्नुभएको हो ।

उहाँले देश, धर्म र राजतन्त्रका संस्थाहरूको रक्षा गर्न आग्रह पनि गर्नुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

थाई संसद्मा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनु केही दिन अघि वर्तमान प्रधानमन्त्रीको सन्यास घोषणा भएको हो ।

आठ वर्षअघि सत्ता कब्जा गरेका सेना प्रमुख प्रयुत चानले थाई राजनीतिमा लामो समयदेखि चलिरहेको द्वन्द्वको फाइदा उठाउँदै अत्यधिक विवादास्पद सन् २०१९ को चुनावलाई नियन्त्रणसँगै सुदृढ पार्ने प्रयास गर्नुभएको थियो । एजेन्सी
 

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com