Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

यस वर्षको मनसुन नेपाल भित्रियो

जेठ, ३१ काठमाण्डौ । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । नेपालको कोशी प्रदेश, मधेस प्रदेशको पूर्वी भाग, बाग्मती प्रदेशका धेरैजसो भू–भाग र गण्डकी प्रदेशका पूर्वी भू–भागमा मनसुन आइपुगेको मौसम पूर्वानुमान महाशाखाले बताएको छ ।

नेपालको अरु भू–भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडि बढ्ने देखिएको महाशाखाले निकालेको विशेष बुलेटिनमा उल्लेख छ । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो ।

नेपालमा जुन, जुलाई, अगस्ट र सेप्टेम्बर चार महिनालाई मनसुनको अवधि मानिन्छ । यसपालिको मनसुनमा देशभर १२ लाख ५४ हजारभन्दा धेरै नागरिक प्रभावित हुने अनुमान गरिएको छ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com