Yeti Khabar

२०८१ बैशाख १३, बिहीबार - Thu Apr, 2024 -

उपसभामुख पदमा इन्दिरा राना र मुक्ताकुमारी यादवको उम्मेदवारी

माघ ६ काठमाडौ । शुक्रबार अपरान्ह् चार बजेसम्म उम्मेदवारी दर्ताका लागि तोकिएको समयसीमामा दुई जनाको उम्मेदवारी परेको संघीय संसद् सचिवालयले जनाएको छ ।

संसद् सचिवालयका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना र नेपाली कांग्रेसकी मुक्ताकुमारी यादवले उम्मेदवारी दर्ता गरेका हुन् । रानाको प्रस्तावक सोविता गौतम र समर्थक एमालेका कृष्णगोपाल श्रेष्ठ, नारायणी शर्मा र राप्रपाका राजेन्द्र लिङ्देन छन् ।

त्यसैगरी यादवको प्रस्तावकमा बद्रीप्रसाद पाण्डे छन् भने समर्थकमा नेकपा एकीकृत समाजवादीका मेटमणि चौधरी र लोसपाका सर्वेन्द्रनाथ शुक्ला रहेका छन् । उपसभामुखको निर्वाचन शनिबार हुँदैछ ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com