Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

हुम्लामा तीन दिनदेखि थलिएकी महिलाको हेलिकप्टरबाट उद्धार

sharethis sharing button

हुम्लाको मध्यभेगमा पर्ने सर्केगाड गाउँपालिका–७ रोडीकोटका ३२ वर्षे धनकौरा शाहीको हेलिकप्टरबाट उद्धार गरिएको छ।

तीन दिनदेखि उच्च रक्तश्रावबाट थलिएकी उहाँको स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि आज बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत सुर्खेत पठाइएको हो।

गर्भवती शाहीको शरीरबाट अत्यधिक रक्तस्रावका कारण अवस्था गम्भीर भएपछि सर्केगार्ड गाउँपालिका, स्वास्थ्य सेवा कार्यालय, जिल्ला अस्पताल र स्थानीय प्रशासनको समन्वयमा नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले जानकारी दिए।

उच्च रक्तस्रावले थलिएकी शाहीको आइतबार रातिबाट अवस्था चिन्ताजनक बनेको उनको भनाइ छ। हाल उनको सुर्खेतस्थित प्रदेश अस्पतालमा उपचार भइरहेको छ।

राष्ट्रपति महिला उत्थान कार्यक्रमले हवाई उद्धार सेवा सुरु भएपछि दुर्गम हुम्लाका महिलाले राहत पाएका छन्।

जनशक्ति र उपकरणको व्यवस्था नहुँदा दक्षिणी क्षेत्रका सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा व्यथा लागेका गर्भवतीका लागि यो कार्यक्रमले वरदान सावित भएको प्रमुख सिंहको भनाइ छ।

यो वर्ष शाहीसहित आठ महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको स्वास्थ्य सेवा कार्यालयका प्रमुख सिंहको भनाइ छ।  रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com