Yeti Khabar

२०८१ बैशाख २०, बिहीबार - Thu May, 2024 -

हुम्लामा हवाई सेवा सञ्चालन

भदौ,१० काठमाडौं । राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हिमाली जिल्ला हुम्लामा पाँच दिनपछि हवाई उडान सञ्चालन भएको छ । लगातारको झरीसँगै बाक्लो हुस्सु लागेर मौसम खराब हुँदा हुम्लासहित कर्णालीका हिमाली जिल्लामा हवाई उडान अवरुद्ध भएको थियो ।

गत आइतबार उडान गरेका निजी जहाजले सोमबार बिहानदेखि हुम्लामा रातिबाटै लगातार पानी परेका कारण जिल्लाको हवाई सेवा त्यसयता अवरुद्ध भएको थियो । आज बिहान जिल्लाको मौसम सफा हुँदा नेपालगन्जबाट समिट एयरले पहिलो उडान सिमकोट गरेको हुम्लाका स्टेसन इन्चार्ज गोविन्द लामाले जनाए ।

हवाई सेवा सञ्चालन हुँदा जिल्लाबाहिर जाने यात्रु र जिल्लाभित्र आउने यात्रुलाई केही सहज भएको छ । जिल्लामा दैनिक उपभोग्य वस्तु भित्रिएको छ । योसँगै जिल्लामा पसल व्यवसायीको सामग्री, निर्माण सामग्री, खाद्यान्न पनि भित्रिएको छ ।

नेपालगन्जबाट समिट, सीता र तारा एयरले हुम्लामा उडान गरेको सिमकोट विमानस्थलका प्रमुख महेन्द्र सिंहले बताए । बिहान पानी पर्ने र दिउँसो हावा लाग्ने हुँदा हुम्लामा पाँच दिनसम्म उडान हुन नसकेको हो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com