Yeti Khabar

२०८१ बैशाख २३, आईतवार - Sun May, 2024 -

पाँच जनामा दादुरा देखिएपछि सुर्खेतमा जेठ २८ देखि खोप अभियान

सुर्खेतमा पाँच जनामा दादुरा देखा परेको छ। ६५ शङ्कास्पद बिरामीको चेकजाँच गर्दा उनीहरूमा दादुरा देखिएको  हो। 

वीरेन्द्रनगर र चिङ्गाडका दुई-दुईजना तथा गुर्भाकोटका एकजनामा दादुरा भेटिएको स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख गणेशभक्त गौतमले जानकारी दिए। उनका अनुसार कालीकोटमा पनि तीन जनामा दादुरा देखिएको छ।

दादुरा देखिएपछि जिल्लाका ९ वटै पालिकामा जेठ २८ गतेदेखि दादुराविरुद्धको खोप अभियान सुरू गरिने भएको छ। दुई चरणमा सञ्चालन हुने उक्त खोप अभियन आगामी असार ५ गतेसम्म सञ्चालन गरिने छ।

पहिलो चरणमा बराहाताल, चिङ्गाड, भेरीगङ्गा र लेकबेँसी तथा दोस्रो चरणमा वीरेन्द्रनगर चौकुने, सिम्ता, पञ्चपुरी र गुर्भाकोटमा खोप अभियान सञ्चालन गरिने गौतमले बताए।

यसैबीच, दादुरा रुबेल खोप अभियान सञ्चालनसम्बन्धी जिल्ला खोप समन्वय समिति, सञ्चारकर्मी र सरोकारवालाको अभिमुखीकरण गरिएको छ।

कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख गङ्गाराम सुनारले वडाले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। अभियानलाई सफल बनाउन सरकारको धेरै लगानी भएको उल्लेख गर्दै उनले गुणस्तरीय र प्रभावकारी समन्वय आवश्यक पर्ने बताए।

कर्णाली प्रदेश स्वास्थ सेवा कार्यक्रमका निर्देशक डा रविन खड्काले खोप अभियानलाई प्रभावकारी बनाउन स्थानीय तह र प्रचारप्रसारमा विशेष ध्यान दिनुपर्ने बताए। खोप लगाउनका लागि हरेक खोप केन्द्रमा दुई स्वास्थ्यकर्मी र दुई स्वयंसेवक खटाइने छ।

खोप अभियानका लागि जिल्लाका ९९ वडामा कूल पाँच सय ४७ खोप केन्द्रको व्यवस्था गरिएको छ। खोप केन्द्र विद्यालयमा राखिने छ। दादुराविरुद्धको खोप १५ वर्षमुनिका बालबालिकालाई दिइने छ।

यसअघि सुर्खेतलाई पूर्ण खोपयुक्त जिल्ला घोषणा गरिएको थियो। सन् २०२३ सम्म दादुरामक्त नेपाल घोषणा गर्ने भनिएकामा सङ्क्रमण फैलिएपछि सन् २०२६ सम्म सो लक्ष्य राखिएको  ।

रासस

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com