Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

काठमाडौंको ठमेलमा कुटपिट गरी युवकले गरे युवतीको हत्या

जेठ,२४ काठमाडौं । काठमाडौंको ठमेलमा एक जना युवतीको हत्या भएको छ। हिजो काठमाडौं महानगरपालिका-२६ ठमेल भगवती बहालमा बस्ने युवतीको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजालले बताए ।

चितवनको राप्ती नगरपालिका-७ घर भएकी २६ वर्षीया जेनिशा तामाङको हत्या भएको छ।
उनीमाथि कुटपिट गरी हत्या गरेको आरोपमा प्रहरीले काभ्रे धुलिखेल नगरपालिका-१० घर भई भगवती बहालमा डेरामा बस्ने ३० वर्षीय अमर रञ्जितकारलाई पक्राउ गरेको छ।

एसपी रिजालका अनुसार उनीहरू भगवती बहालको चार तले घरको दोस्रो तलामा डेरा लिएर ६ महिनादेखि लिभिङ टुगेदर गरी बसेका थिए।
हिजो दिउँसो उनीहरूबीच विवाद भएर झगडा भएको थियो।

मापसे गरेका उनले तामाङमाथि कुटपिट गरी गम्भीर घाइते बनाएका थिए। साढे ३ बजे तामाङको उपचारको लागि महाराजगञ्जस्थित अस्पतालमा पुर्‍याइएको थियो। उपचारको क्रममा राति पौने ८ बजे मृत्यु भएको एसपी रिजालले जानकारी दिए ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com