सत्ताधारी दलका शीर्ष नेताहरु छलफलमा
१९ फागुन, काठमाडौं ।
प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि गठबन्धन बलियो भएको बताएका सत्ताधारी दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् ।
प्रधानमन्त्रीस्थानीय चुनाव, चुनावी गठबन्धन, संवैधानिक तथा राजनीतिक नियुक्ति लगायतको विषयलाई सत्ताधारी दलका नेताहरुले छलफलको एजेण्डा बनाएका छन्
प्रधानमन्त्री निवास बालुवाटरमा सत्ताधारी नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादीका नेताहरूबीच छलफल भइरहेको छ ।