Yeti Khabar

२०८१ बैशाख १६, आईतवार - Sun Apr, 2024 -

भारतकाे मणिपुरमा फेरि हिंसा भड्कियाे, ३ जनाकाे ज्यान गयाे

भारतकाे मणिपुर राज्यकाे पश्चिमी इम्फाल जिल्लाकाे कांगचुप क्षेत्रमा साेमवार फेरि हिंसा भड्किएकाे छ ।

दुई वटा सशस्त्र समूहकाे बीचमा भएकाे गाेलीबारीमा तीन जनाकाे ज्यान गएकाे र अन्य चार जना घाइते भएका छन् । समाचार एजेन्सी पीटीआईका अनुसार इम्फालकाे अस्पतालमा उपचार भइरहेकाे छ ।

मणिपुरमा भएकाे हिंसाकाे छानबिनका लागि केन्द्र सरकराले गुवाहाटी उच्च अदालतका पूर्वमुख्यन्यायाधीश अजय लाम्बाकाे अध्यक्षतामा आइतवार एक आयाेग गठन गरेकाे छ । 

मणिपुरमा मेइती समुदायले अनुसूचित जनजातिको दर्जा दिनुपर्ने माग गर्दै आन्दोलन सुरु गरेका थिए । मेइतीको मागमा त्यहाँका जनजातिहरू नागा र कुकीले विरोध गरेपछि जातीय द्वन्द्व चर्किएको हो ।

मणिपुरमा मेइतीको जनसङ्ख्या ५४ प्रतिशत छ । उनीहरू धेरैजसो इम्फाल उपत्यकामा बस्छन् । ४० प्रतिशत जनसङ्ख्या ओगट्ने नागा र कुकी प्राय पहाडी जिल्लाहरूमा बस्छन् । दुई समुदायका बीचमा सरकारले वैमनस्ता बढाइदिएको उनीहरूको आरोप छ । झडपबाट कुकी समुदायलाई बढी क्षति पुगेको पनि भारतीय सञ्चारमाध्यमले जनाएका छन् । 

गएकाे मे ३ मा जातीय हिंसा सुरु भएयता मणिपुरमा झडपकाे घटना भइरहेकाे छ । झडपमा ज्यान गुमाउनेकाे सङ्ख्या ८० भन्दा धेरै रहेकाे अधिकारीहरूले बताएका छन् ।एजेन्सी

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com