Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

गुडिरहेको गाडीबाट खसेर एक महिलाको मृत्यु

जेठ,२० काठमाण्डौ । भक्तपुरमा गुडिरहेको गाडीबाट खसेर आज एक महिलाको ज्यान गएको छ । भक्तपुर नगरपालिका–१ सल्लाघारीको हनुमन्ते पुलमा राधेराधेबाट निकोसेरा जाँदै गरेको बा २१च ५३०१ नम्बरको गाडीबाट खसेर ४३ वर्षीया महिलाको मृत्यु भएको छ । मृत्यु हुने महिलाको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक प्रजित केसीले बताउनुभयो ।

गाडीबाट खसेर घाइते भएकी महिलाको सल्लाघारीको डा इवामुरा मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
गाडी चालक काभ्रे भुम्लु गाउँपालिका–३ घर भइ अहिले ललितपुर इमाडोल बस्ने ३० वर्षीय सूर्यबहादुर पहरीलाई पक्राउ गरिएको केसीले बताउनु भयो ।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com