Yeti Khabar

२०८१ बैशाख १७, सोमबार - Mon Apr, 2024 -

भारतमा अलपत्र परेका ७ महिलालाई प्रहरीले गर्यो उद्धार

जेठ,८ काठमाडौं । भारतमा अलपत्र परेका ७ महिलालाई प्रहरीले उद्धार गरेको छ। भारतको बाटो हुँदै वैदेशिक रोजगारीमा जान हिडेका सात महिलालाई नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले दुई साताअघि उद्धार गरेको हो।

कुवेत,ओमन लैजाने भन्दै भारत पुर्‍याएर एजेन्ट सम्पर्कविहीन बनेपछि अलपत्र परेको ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले जानकारी दिए ।
‘अलपत्र परेपछि भारतीय हेल्पक्रस संस्थाको सहयोगमा उद्धार गरेका हौंʼउनले भने। हेल्पक्रस संस्थाले नेपाली दुतावासलाई पत्रचार गरेपछि ब्युरोले उद्धार गरेको उनले बताए । उनीहरू २५ देखि ३५ वर्ष उमेरका छन्।

Company Information

यती मिडिया प्रा.लि.(Yati Media Pvt. Ltd.)
अध्यक्ष: मोतिसरा खड्का
सम्पादक: डम्बर विक्रम कार्की
सह सम्पादक: खड्ग बहादुर रम्तेल
कानुनी सल्लाहकार: राम नारायण विडारी (वरिष्ठ अधिवक्ता)
सुचना तथा प्रसारण विभाग दर्ता नं
3193-2078/2079
कम्पनी दर्ता नं: 283675/078/079
प्यान नं: 610213157

Contact Information

Yati Media Pvt. Ltd.
Putali Galli, Kalanki, Kathmandu

01 5315254, 9851100556
info@yetikhabar.com
www.yetikhabar.com